IME Life New

लघुवित्त संस्थाहरुको पुँजीकोष सन्तोषजनक, बढ्यो चुक्तापुँजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरको पुँजीकोषको स्थिति सन्तोषजनक रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको पँुजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको पाइएको हो।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन– २०७९ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ। चालु आर्थिक वर्षको ६ महिना पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.३२ प्रतिशत र १२.६० प्रतिशत रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्तापुँजी २.७८ प्रतिशतले र जोखिम भारित सम्पत्ति २.३७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्तापुँजी र जोखिम भारित सम्पत्ति क्रमशः २.२३ प्रतिशत र १.०७ प्रतिशतले बढेको थियो।

पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ। उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति रु. ५ खर्ब ७ अर्ब ३७ करोड पुगेको छ। गत असार मसान्तको तुलनामा ३.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ०.६२ प्रतिशतले बढेको थियो।

पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९४.२२ प्रतिशत रहेको छ जुन २०८० असार मसान्तमा ९५.४४ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS