IME Life New

लघुवित्तहरुले आफ्ना ऋणी सदस्यलाई शेयर दिनुपर्ने व्यवस्था ल्याइँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यलाई शेयर दिनुपर्ने व्यवस्था ल्याइँदैछ। प्रतिनिधिसभामा बिहीबार दर्ता भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ‘घ’ वर्गको वित्तीय संस्थाले उपदफा (१)बमोजिम सर्वसाधारणलाई बिक्रीवितरण गर्नका लागि छुट्याएको शेयरलाई सतप्रतिशत मानी त्यस्तो शेयरमध्येबाट कम्तीमा ४० प्रतिशतसम्म शेयर आफ्ना ऋणी सदस्यका लागि छुट्याउनुपर्ने प्रस्ताव गरिएको छ।

‘घ’ वर्गका वित्तीय संस्थाले सर्वसाधारण शेयरको ४० प्रतिशतसम्म छुट्याउने व्यवस्था गर्न आवश्यक देखिएको अर्थ मन्त्रालयले कारण दर्शाएको छ। हालको ऐनमा भने यो व्यवस्था रहेको छैन। संसदबाट स्वीकृत भएमा लघुवित्त संस्थाहरुले आफ्ना ऋणी सदस्यलाई शेयर छुट्याउनुपर्ने हुन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS