IME Life New

लघुवित्तको लघु बीमा व्यवसायमा जीवन बीमकबीच चर्को प्रतिस्पर्धा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु वित्त संस्थामार्फत प्राप्त हुने लघु बीमा व्यवसायमा जीवन बीमकबीच चर्को प्रतिस्पर्धा सुरु भएको छ। परम्परागत बीमाभन्दा तुलनात्मक रुपमा अधिक जोखिम भए पनि संस्थागत अभिकर्तासँग काम गर्न सहज हुने भएकाले जीवन बीमक लघुवित्त संस्थाले उपलब्ध गराउने व्यापारप्रति आकर्षित भएका हुन् ।

लघुवित्तले आफ्ना सदस्यलाई स–सानो रकमको कर्जा सुविधा उपलब्ध गराउँछन् । यस्तो कर्जा सुविधा उपलब्ध गराएपछि कर्जाबापतको रकम खाम्ने गरी सोबराबरको बीमांकको म्यादी जीवन बीमा पनि गराउँछन् । कर्जा उपभोग गरिरहेको अवधिमा नै ऋणी ग्राहकको निधन भएमा म्यादी जीवन बीमाबापतको रकम ऋणी परिवारले क्षतिपूर्तिबापत प्राप्त गर्दै आएका छन् । यसबाहेक कर्जाको साँवा र ब्याज चुक्ताका लागिसमेत यस्तो रकमको उपयोग हुँदै आएको छ।

Esewa
Crest

लघुवित्त संस्थाले वार्षिक कर्जा प्रवाहको पूर्वानुमानका आधारमा जीवन बीमकलाई बीमाशुल्कबापत निश्चित रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्छ्न् । कर्जा प्रवाहको वार्षिक लक्ष्य प्राप्तिमा लघुवित्त संस्थाले जोड दिने भएकाले पनि यस्तो प्रतिबद्धताअनुसारको व्यापार प्राय सुनिश्चित नै हुन्छ।

प्रतिबद्धताअनुसारको व्यवसाय उपलब्ध गराएबापत लघुवित्त संस्थाले तत्काल क्षतिपूर्ति भुक्तानीको सुविधासम्बन्धी शर्त राखेका हुन्छन् । लघुवित्त संस्थाले जीवन बीमकमार्फत तत्कालै क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउँदा ऋणी सदस्यको आश्रित परिवारलाई तत्कालै राहत मिल्ने र संस्थाप्रतिको विश्वास पनि बढ्ने भएकाले लघुवित्त संस्थाले तत्काल क्षतिपूर्ति दाबीलाई सम्झौताको सर्तका रुपमा लिँदै आएका छन् ।

लघुवित्तले बीमालेखको मुख्य जोखिम बहनका अतिरिक्त घातक रोगविरुद्धको सुरक्षा, दुर्घटना लाभ सुविधा, काजकिरिया खर्च, नवजात शिशु तथा प्रसूति स्याहार खर्च, स्वास्थ्योपचार सुविधालगायतका अतिरिक्त विशेषतासहितको बीमालेख उपलब्ध गराउनुपर्ने सर्त राख्छन् । लघुवित्त संस्थाको मागअनुसारको विशेषतासहितको बीमालेख उपलब्ध गराउन जीवन बीमकबीच प्रतिस्पर्धा हुने गरेको छ।

‘थोरै बढी प्रिमियममा प्रतिस्पर्धीले दिएको भन्दा अतिरिक्त सुविधा उपलब्ध गराउन बीमकबीच प्रतिस्पर्धा चलिरहेको हुन्छ’, एक जानकार बीमकले भने, ‘लघुवित्तको कर्जा प्रवाहको आकारका आधारमा अतिरिक्त सुविधाको मोलमोलाई हुने गरेको छ।’

व्यक्तिगत अभिकर्ताको तुलनामा यसको प्रत्यक्ष लागत थोरै हुने भएकाले लघुवित्त संस्थाले उपलब्ध गराउने बीमा व्यवसायमा जीवन बीमकको आकर्षण हुन्छ।

लघुवित्त वित्तीय संस्थाले सदस्यको सामूहिक जमानीमा प्रतिसदस्य बढीमा ३ लाख रुपैयाँ (विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका सदस्यको हकमा बढीमा ५ लाख रुपैयाँ) को बिना धितो लघु कर्जा उपलब्ध गराउँछन् । व्यावसायिक परियोजनाका लागि स्वीकारयोग्य धितो लिई तोकिएको कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई बढीमा ७ लाख रुपैयाँ र विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा बढीमा १५ लाख रुपैयाँसम्म धितो कर्जा प्रवाह गर्न सक्छन्।

लघुवित्तबाट लगानी गरिएको रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा समेत सुरक्षण गरिएको हुन्छ। कोषले कर्जाको भाका नाघेको १ वर्षसम्म पनि साँवा र ब्याज असुल उपर हुन नसकेको अवस्था कर्जावापतको ७५ प्रतिशतसम्म रकम लघुवित्तलाई क्षतिपूर्ती दाबी उपलब्ध गराउँछ। कोषको अतिरिक्त थप सुरक्षणका लागि लघु वित्तले म्यादी जीवन बीमासमेत गरिदिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS