IME Life New

लघुवित्तको बिना धितो कर्जामा राष्ट्र बैंक बन्यो लचिलो, अब एउटै ऋणीले दुई संस्थाबाट ऋण लिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त संस्थाहरुबाट बिना धितो प्रवाह हुने कर्जामा नेपाल राष्ट्र बैंक लचिलो बनेको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै कर्जा प्रवाहमा लचिलो व्यवस्था ल्याएको छ।

संशोधित व्यवस्थाअनुसार अब एकै ऋणीले दुईवटा लघुवित्तबाट कर्जा सुविधा लिन पाउने भएका छन्। बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जाको सीमा ननाघ्ने गरी एउटै ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने भएका छन्। यसअघि एउटा ऋणीलाई एउटामात्रै लघुवित्तबाट कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो।

Esewa
Crest

यद्यपि, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी भने लघुवित्तबाट कर्जा लिन पाउन योग्य हुने छैनन्।

यसैगरी विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँसम्म लघु कर्जा प्रवाह गर्न पाउने सीमालाई निरन्तरता दिइएको छ। तर प्रतिपरिवार २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्न सकिने व्यवस्था भने राष्ट्र बैंकले थप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS