IME Life New

लघुवित्तको कर्जाको सीमा कति ? ब्याजदर र सेवाशुल्कमा के छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई वित्तीय कारोबार गर्ने परिकल्पनाका साथ लघुवित्त वित्तीय संस्थाहरु स्थापना भएका छन्।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी त्यस्ता सदस्यबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ। हाल ५२ वटा लघुवित्त वित्तीय संस्था छन्।

Esewa
Crest

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारका आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ। खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछ।

लघुवित्त संस्थाले सदस्यहरुको विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्य बढीमा रु. ५ लाखसम्म र विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा रु. ७ लाखसम्म विनाधितो लघुकर्जा र विपन्न तथा न्यून आय भएका समूहमा आबद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति बढीमा रु. ७ लाखसम्म र विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा रु. १५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ।

लघुवित्त संस्थाले राष्ट्र बैंकबाट समयसमयमा जारी गरिएको ब्याजदर र सेवा शुल्कसम्बन्धी परिपत्रले तोकेबमोजिमको ब्याजदर र सेवाशुल्क कायम गर्नुपर्ने हुन्छ। यससम्बन्धी व्यवस्थाका लागि राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी ‘एकीकृत निर्देशन, २०७८’ मा ब्याजदर १५ प्रतिशत र सेवाशुल्क बढीमा १.५ प्रतिशत रहेको छ।

लघुवित्त संस्थाले समूह जमानीमा बिनाधितो लघु कर्जा र स्वीकारयोग्य धितो लिई धितो कर्जा गरी दुई प्रकारको कर्जा प्रवाह गर्न सक्छ।

शेयरधनीहरुबाट पुँजीबापत प्राप्त रकम, सदस्यहरुबाट संकलित बचत रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको सापटी र संस्थाले गरेको नाफाबाट छुट्याइएको कोषबापतको रकम नै लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोतको रुपमा रहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS