IME Life New

लघुवित्तका ऋणी ग्राहकलाई थप सहुलियत, घट्यो सेवा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई थप सहुलियत प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै ऋणी ग्राहकलाई थप सहुलियत प्रदान गरेको हो।

अब लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा १.३ प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन्। यसअघि यस्तो सेवा शुल्क १.५ प्रतिशत थियो।

Esewa
Crest

यसैगरी १ वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाका लागि वार्षिक १.३ प्रतिशतसम्ममा नबढ्ने गरी कर्जा अवधिका आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन पाउने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ। यसअघि यस्तो शुल्क पनि १.५ प्रतिशत थियो। तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त संस्थालाई प्रवाह गर्ने कर्जामा ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्थालाई भने केन्द्रीय बैंकले यथावत राखेको छ।

यसैगरी कर्जाको सीमा वृद्धि वा थप गर्दा थप भएको रकममा पनि १.३ प्रतिशतसम्म सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि यस्तो सेवा शुल्क २० प्रतिशतसम्म रहेको थियो।

कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचका रुपमा राख्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। यसअघि यो व्यवस्था रहेको थिएन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS