IME Life New

लघुबीमामा विपन्नलाई अनुदान आवश्यकः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय लघुबीमालाई प्राथमिकताका साथ बढाइरहेको नेपाल बीमा प्राधिकरणले गरिबी न्यूनीकरणका लागि सरकारले लघुबीमामा सहुलियत दिनुपर्नेमा जोड दिएको छ। प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै तहका सरकारले लघुबीमामा विपन्न वर्गलाई सहुलियत दिएर बीमाको पहुँच विस्तार गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएका हुन्।

बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको सन्दर्भमा अध्यक्ष सिलवालले सरकारले यसतर्फ सोच्नुपर्नेमा जोड दिएका हुन्। सरकारले बीमालाई प्रवर्द्धन गर्नका लागि ल्याइएको लघुबीमामा भ्याट छुट तथा अनुदानलगायतको व्यवस्था गर्नुपर्ने उनले बताए। ‘यस्तो खाले एकीकृत नीति तलदेखि माथिसम्म एउटै हुनुपर्छ। यसले बीमा क्षेत्रमा सिनर्जी आउँछ भन्ने मेरो विश्वास छ’, अध्यक्ष सिलवालले भने।

Esewa
Crest

बीमा प्राधिकरणले न्यून आय भएका, सीमान्तकृत वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न हरेक प्रदेशस्तरमा नै मुख्य कार्यालय रहने गरी ७ वटा लघुबीमा कम्पनीहरुलाई इजाजपत्र प्रदान गरेको छ। जसमध्ये ३ वटा लघुजीवन बीमा कम्पनी र ४ वटा लघुनिर्जीवन बीमा कम्पनी रहेका छन्।

प्राधिकरणले लघुबीमालाई इजाजत दिएको १५ महिना पुगेको छ। हाल जीवनतर्फ अधिकतम ५ लाख र निर्जीवनतर्फ ५० लाख रुपैयाँसम्मको बीमा गराउनका लागि लघुविमालाई सीमा पनि तोकिएको छ। यस अवधिमा लघुबीमाले पूर्ण रुपमा काम गरिनसकेको भन्दै उनीहरूलाई स्थानीय तथा प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष सिलवालले बताए। उनीहरूलाई गाउँमै कार्यालय सञ्चालन गरेर सेवा दिन भनिएपनि त्यसतर्फ काम गर्न नसकेको उनी बताउँछन्। उनीहरुलाई स्थानीय तहका जनप्रतिनिधि, वडाध्यक्ष लगायतले सहजीकरण गर्न सक्ने उनको भनाइ छ।

अध्यक्ष सिलवाल सरकारले विपत जानुभन्दा अगाडि नै बीमा गर्न सिक्नुपर्नेमा जोड दिए। अहिले आगलागी भइसकेपछि राहतमा जुटिरहेको अवस्था रहेकाले आगलागी हुनुपूर्व नै त्यस्तो बीमा गराउँदा आर्थिक रुपमा सहज हुने उनको भनाइ छ।उनी भन्छन्, ‘हामीले बीमा नगरेका कारण २०७२ को भूकम्पमा ६ अर्ब रुपैयाँ सरकारलाई अतिरिक्त दायित्व थपियो। बीमा गरेको थियो भने त्यो कम हुन्थ्यो, सरकारले यसलाई बुझेर अगाडि बढ्न सक्नुपर्छ।’

साढे ११ हजारलाई रोजगारी

हाल नेपालको बीमा क्षेत्रमा ११ हजार ५६९ जनाले रोजगारी पाएको बीमा प्राधिकरणले जनाएको छ। विगतमा अर्थमन्त्रालयको एउटा सानो कोठामा संकुचित भएको यस संस्थाले ५६ वर्षसम्ममा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेयर गरी कुल ३ लाख ७ हजार ३५४ जनाले अप्रत्यक्ष रोजगारी पाएको प्राधिकरणले जनाएको छ। जसमध्ये बीमा अभिकर्ताको सङ्ख्या ३ लाख ६ हजार ११४ र बीमा सर्भेयरको संख्या १ हजार २४० रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा कम्पनीहरुको विभिन्न जिल्ला तथा प्रदेशस्तरमा शाखा र उपशाखा कार्यालयहरुको संख्या २ हजार ९३६ रहेको छ। जसमध्ये जीवन बीमा कम्पनीका शाखा १ हजार ८३३ वटा र निर्जीवन बीमा कम्पनीका १ हजार १०३ शाखा रहेका छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमाशुल्क संकलन ५.१८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १० अर्ब १६ करोड १६ लाख र निर्जीवन बीमाशुल्क संकलन ०.४६ प्रतिशतले वृद्धि भई रु ३० अर्ब १५ करोड ३० लाख पुगेको छ। यस अवधिमा कुल बीमाशुल्क संकलन ४.१३ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख पुगेको छ।

यसैगरी चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा कम्पनीहरुबाट कुल जीवन बीमालेख १ करोड ३८ लाख ६६ हजार ६१५ र क्ल निर्जीवन बीमालेख २२ लाख ६२ हजार ३२६ को संख्यामा जारी भएका छन्। गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जारी भएका कुल जीवन बीमालेखमा २.११ प्रतिशतले कमी आएको छ भने कुल निर्जीवन बीमालेखमा ४.४३ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS