IME Life New

लगातार घाटामा रहेका ऋणीलाई पुनरकर्जाको सुविधा, शिथिल अर्थतन्त्रलाई उतार्न यस्तो छ राष्ट्र बैंकको प्याकेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत दुई त्रमासम्म लगातार घाटामा रहेका ऋणीले पुनरकर्जाको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमाशिक मौद्रिक समिक्षाका क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक बृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीहरुलाई पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो सुविधा कोषमा उपलब्ध स्रोतको सीमाभित्र रहेर उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यस्तो नीतिले गएका गएको पुस मसान्त र चैत मसान्तमा घाटामा रहेका उद्योग, कलकारखाना लगात आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीहरुले प्राप्त गर्ने छन् ।

Esewa
Crest

अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र रु.५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने भएको छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS