IME Life New

लगातार घट्दै बैंकहरुको आधारदर, सस्तियो कर्जाको ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। अधिक तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ। बैंकहरु पनि बाध्य भएर न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लिँदै आएका छन्। तर, पछिल्लो समय कर्जाको माग बढ्न नसक्दा बैंकहरुले कर्जाको न्यून प्रिमियम जोडेर ब्याजदर तोक्दै आएका छन्। बैंकहरुले अहिले अधिकांश कर्जामा अधिकतममा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन्।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरुको आधारदर ६ प्रतिशतसम्म झरेको देखिन्छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको २०८१ असारमा औसत आधारदर ८.०६ प्रतिशत रहेको छ। २०८० असारमा बैंकहरुको औसत आधारदर १०.०५ प्रतिशत रहेको थियो। यो १ वर्षको अवधिमा बैंकहरुको औसत आधारदर करिब २ प्रतिशतले घटेको देखिन्छ।

सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यो बैंकको आधारदर ६.३६ प्रतिशत रहेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधारदर पनि ६.७१ प्रतिशत रहेको छ।

पाँचवटा वाणिज्य बैंकको आधारदर ७ प्रतिशतको लाइनमा रहेको छ भने ११ वटाको ८ प्रतिशतको लाइनमा रहेको छ।

हिमालयन र एनआईसी एसिया बैंकको आधारदर पनि ९ प्रतिशतको लाइनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS