IME Life New

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दी हाइड्रोका लागि जुट्यो लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । यही पुस ९ गते लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी १ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।

सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर १ ले पुस १० गते २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै यही पुस ९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकको रुपमा के।सी। ग्रुप र क्याल ग्रुप रहेका छन् ।

Esewa
Crest

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक र संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेकोछ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS