IME Life New

लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लिबिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् ।

Esewa
Crest

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको रु. ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको रु. ५ अर्ब रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको रु. ३ अर्ब, नेपाल एस.बि.आइ. बैंकको रु. ३ अर्ब र एभरेष्ट बैंकको रु. २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स रु. २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS