IME Life New

रु. ५ अर्बको नागरिक बचतपत्र बिक्री गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सरकारले ५ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ। यो बचतपत्र भोलि वैशाख ३० गतेबाट बिक्री खुला गरिने भएको छ।

अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्रमा वैशाख ३० गतेदेखि जेठ ३० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो बचतपत्रको निष्कासन असार ४ गते गरिने कार्यालयले जनाएको छ।

Esewa
Crest

प्रत्येक ६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरिद गर्न घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिने जनाएको छ।

उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। आफूलाई पायक पर्ने वाणिज्य बैंक, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयबाट बचतपत्रको ब्याज लिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS