IME Life New

रु. ३ अर्बले निक्षेप घट्दा रु. २ अर्ब बढ्यो कर्जा, सीडी र अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घटेको छ भने कर्जा प्रवाह बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार साउन १५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ। साउन १५ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६४ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब ३० अर्ब रुपैयाँ थियो।

Esewa
Crest

साउन १५ मा वाणिज्य बैंकको कुल निक्षेप २ अर्ब रुपैयाँले घटे ५६ खर्ब ९८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५७ खर्ब रुपैयाँ थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन १५ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४२ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी भने १ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४५ खर्ब ५० अर्ब रुपैयाँ थियो।

साउन १५ मा बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ७८.६० प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७८.५४ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS