IME Life New

रु. १.८५ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने साढे १८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने १ खर्ब ८५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ। भदौसम्म सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाबाट कुल १ लाख १९ हजार ४४७ ऋणीका लागि उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ स्वीकृत भएको छ। यो शीर्षकमा ४५ हजार ७४७ ऋणीका लागि १ खर्ब ९ अर्ब ४० करोड १४ लाख रुपैयाँ स्वीकृत भएको छ। जसमा बिनाधितो १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ र धितोमा १ खर्ब ७ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

यसैगरी दोस्रो सर्वाधिक धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फको स्वीकृत भएको छ। यो क्षेत्रमा ७१ हजार ७२८ ऋणीका लागि ७३ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

कपडा उद्योग सञ्चालनतर्फ १०१ ऋणीका लागि १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।

subsidized-loan

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS