IME Life New

रु. १५.७१ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, थप ५ अर्ब उठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। जसअन्तर्गत केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत १५ अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँ थप उठाउने भएको छ।

राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिने ६० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी क्रमशः २०८१ वैशाख ११ गते, २०८१ असार १२ गते, २०८१ असोज ८ गते र २०८१ चैत ११ गते परिपक्व हुनेछन्।

Esewa
Crest

यी ट्रेजरी बिल चैत १३ गते जारी हुनेछ। यसको बोलकबोल चैत १२ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS