IME Life New

रुरु जलविद्युत परियोजनाको वित्तीय प्रदर्शन ठीकठाकै, दर्शायो यस्ता चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा वर्षमा ७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ७.०७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेर १३ करोड ६२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले १३ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ कम्पनीको रिजर्भमा १८ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिजर्भमा १५ करोड ९२ लाख रुपैयाँ थियो। रिजर्भको आकार १४.९२ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १४.९३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १३.९५ रुपैयाँ थियो। पीई रेसियो ४७.७४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.९८ रुपैयाँ रहेको छ।

वित्तीय विवरणमै कम्पनीले केही व्यावसायी चुनौती पनि दर्शाएको छ। कम्पनीले आगामी दिनमा पनि वित्तीय अवस्थामा उल्लेखनीय परिवर्तन नहुने स्पष्ट पारेको छ। यद्यपि, विद्युत प्राधिकरणको प्रसारण लाइनमा समस्या आउनु, खोलानालामा पानीको मात्र घट्दै जानु, परियोजनामा जडित मेसिनरी पार्टमा समस्या आउनु, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपजस्ता कारणले कम्पनीको वित्तीय अवस्थामा परिवर्तन आउन सक्ने देखिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS