IME Life New

रिलायबल लाइफ समुहले कर्मचारी तथा अभिकर्ता सहितको लगानीमा ‘रिलायबल जनरल इन्स्योरेन्स कम्पनी’ खोल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समुहले रिलायबल जनरल इन्स्योरेन्स कम्पनी खोल्ने भएको छ । कम्पनीले रिलायबल नेपाल लाइफका कर्मचारीहरुलाई पनि निश्चित प्रतिशत शेयर दिने भएको छ । रिलायबल लाइफमा लगानी गर्ने समुहले सञ्चालन गरेको रिलाबयल भेन्चर तथा लघुवित्तका कर्मचारीहरुले पनि यस कम्पनीमा लगानी गर्न पाउने छन् ।

कम्पनीले कर्मचारीका साथै रिलायबल नेपाल लाइफका अभिकर्ताहरुलाई समेत शेयरधनी बनाउने भएको छ । अभिकर्ताहरुका लागि पनि निश्चित शेयर प्रदान गरिने कम्पनीले जनाएको छ । केहि समय अगाडी मात्रै स्थापना भएको रिलायबल भेन्चरका कर्मचारीले समेत शेयर पाउने छन् । कम्पनी तथा समुहलाई प्रत्यक्ष रुपमा योगदान पुर्याउने कर्मचारी तथा लगानीकर्तालाई समेटेर अगाडी बढाउने लक्ष्य लिएको यस कम्पनीले सम्बद्ध सबैलाई शेयरधनी बनाउने लक्ष्य लिएको छ ।

Esewa
Crest

कम्पनीको न्युनतम चुक्ता पूँजी तीन अर्ब रुपैयाँ हुनेछ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बढाउन सक्ने अनुमान गर्दै यसले सुरुमै तीन अर्ब रुपैयाँ पूँजी जुटाउने लक्ष्य लिएको छ । जसमा संस्थापकहरुको ७० प्रतिशत र ३० प्रतिशत आइपिओ निष्काशन गरेर सर्वसाधारणका लागि बिक्री गर्नेछ । कम्पनीले एनआरएनहरुलाई पनि समेट्ने भएको छ । त्यस्तै रिलायबल लाइफमा लगानी गर्ने समुहका अधिकाम्स सदश्यहरुले यसको नेतृत्व गर्ने छन् ।

हाल रिलायबल लाइफको सञ्चालकहरुमा उदय नेपाली श्रेष्ठ, श्रीराम ढकाल, इन्द्र प्रसाद शर्मा, डा. प्रकाश भट्टराई, गौरव अग्रवाल र अञ्जु पाण्डे छन् । उनिहरुले पनि यस जनरल इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने छन् । त्यस्तै रिलायबल लाइफमा एक प्रतिशत भन्दा धेरै लगानी गर्नेमा जनर्दन देव पन्त, सुशिल कुमार पन्त, हरि भक्त शर्मा, सन्दीप खेतान, जुली चाचन, गौरव अग्रवाल, पदम कुमारी लोहनी, गौरी राज जोशी, जुनी गुरुङ, प्रेम प्रभात गुरुङ, डा. प्रकाश चन्द्र लोहनी, रेखा घिमिरे, साधेश्याम अग्रवाल छन् । यस कम्पनीको सबैभन्दा ठुलो शेयरधनी ग्लोबल आइएमई बैंकको १४.२९ प्रतिशत छ । क्रस होल्डिङका कारण अहिले चन्द्र ढकाल तथा ग्लोबल आइएमई बैंक यसमा समावेश नहुने आयोजकहरुले जानकारी दिएका छन् ।

बीमा समितिले अवका दिनमा अनुमति प्रदान गर्दा क्रस होल्डिङ्सलाई नदिने भएकाले यस समुहले क्रस होल्डिङ्स नहुने गरी संस्थापकहरु चयन गर्ने जनाएको छ । प्रस्तावित कम्पनीले आवस्यक तयारी पुरा गरिसकेको छ । बीमा समितिले लाइसेन्स खुला गर्ने वित्तीकै आवेदन दिन सक्ने गरी तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS