IME Life New

रिलायन्स जनरल इन्स्योरेन्सले ल्यायो १० लाख डलरको ‘ग्लोबल हेल्थ कभर’, विश्वस्तरीय स्वास्थ्य सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको रिलायन्स जनरल इन्स्योरेन्स कम्पनीले भारतीय जनताका लागि विश्वव्यापी स्वास्थ्य सेवा पहुँच प्रदान गर्न ‘रिलायन्स हेल्थ ग्लोबल’ पोलिसी ल्याएको छ। यो पोलिसी विश्वस्तरीय स्वास्थ्य सेवा र पूर्वाधारमा पहुँच चाहने विश्वव्यापी जीवनशैली भएकाहरुलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।

योे पोलिसीले विदेशमा उपचारका लागि व्यापक कभरेजका अतिरिक्त क्यान्सर र बाइपास सर्जरीजस्ता गम्भीर रोगहरु समावेश गर्दछ। यस पोलिसीले भारतभित्र असीमित रकमको बीमा सुविधा दिनेछ।

Esewa
Crest

यो पोलिसीको दायराभित्र अस्पतालमा भर्ना, यात्रा, आवास, आपतकालीन नगदजस्ता आपतकालीनलाई सेवा पर्दछन्। बीमांक रकम १० लाख डलरसम्म रहेको छ। यो बीमा सुविधा लिएकाहरुले एयर एम्बुलेन्स सेवा र अंगदाता खर्चको कभरेज पाउनेछन्।

रिलायन्स जनरल इन्स्योरेन्सका सीईओ राकेश जैन धेरै भारतीय काम वा फुर्सदका लागि विदेश जाने भएकाले यो पोलिसी ल्याइएको बताउँछन्। ‘भारत र विदेशका लागि छुट्टाछुट्टै धेरै बीमा पोलिसी खरिद गर्नुपर्ने आवश्यकलाई हटाउन यो पोलिसी ल्याइएको हो’, उनले भने, ‘विश्वव्यापी रुपमा १० लाख डलरसम्मको बलियो बीमा रकमको विशिष्ट विशेषताका साथ हामी स्वास्थ्य बीमामा नयाँ मापदण्डहरु तय गर्ने लक्ष्य राख्छौँ। हाम्रा ग्राहकहरुका लागि मानसिक शान्ति सुनिश्चित गर्दै विश्वव्यापी स्वास्थ्य सेवा उत्कृष्टतामा प्रदान गर्नु हाम्रो कर्तव्य हो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS