IME Life New

रियलमीले भोलि छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकका लागि भोलि असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ। यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेन्डली स्मार्टफोन मोडलहरु रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्दैछ।

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ। फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरु लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन्। त्यस्तै यावेशले लाखौँ हजारौं र आकाशले तिमी भएरलगायतआफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन्।

Esewa
Crest

आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट स्मार्टफोनमात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई यस फ्यान फेस्टले सार्थक रुप दिएको छ। शुवेच्छा खड्काले सञ्चालन गर्ने यस फ्यान फेस्टमा एभरेष्ट क्रुको नृत्य पनि रहनेछ। साथै, विभिन्न रमाईला गेमहरु पनि राखिएको यो फ्यान फेस्टमा सहभागिहरुले आकर्षक उपहारहरु पनि जित्न सक्नेछन्।

रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरु र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने सम्भावना धेरै छ। रियलमी ११ एक्स र रियलमी ११ ५जीको कुरा गर्दा दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेन्नसिटी ६१००ं को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेको छ। क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ। रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS