IME Life New

‘रिभर्स रिपो’ भनेको के हो ? कतिखेर हुन्छ यो वित्तीय उपकरणको प्रयोग ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिका लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिका लागि बढीमा ६ महिनाको तरलता प्रशोचन गर्न प्रयोग गर्ने उपकरण ‘रिभर्स रिपो’ हो।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रशोचन हुन्छ। यो उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैंकसँग मास्टर रिपर्चेज एग्रिमेन्ट गरेका) मात्र सहभागी हुन सक्छन् भने ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ।

Esewa
Crest

सहभागी बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितोस्वरुप राख्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS