IME Life New

राेयल्टी र लाभांशवापत दुई महिनामै १ अर्ब रुपैयाँ फिर्ता लैजाने सिफारिश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । दुई महिनाकाे अवधिमा विदेशी लगानीकर्ताले नेपालबाट १ अर्ब ९ करोड रुपैयाँ बढी रकम नेपालबाट फिर्ता लैजान सिफारिश लिएका छन् । नेपालमा गरेकाे लगानीकाे प्रतिफल र सलामी दस्तुरवापत विदेशी लगानीकर्ताले चालू आर्थिक वर्षकाे साउन र भदाै महिनामा फिर्ता लैजान उद्याेग विभागबाट स्वीकृती लिएका हुन् ।

विदेशी लगानीकर्ताले ६० करोड ६१ लाख ११ हजार नेपाली रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर र १२ करोड २९ लाख भारतीय रुपैयाँ सलामी दस्तुर (रोयल्टी) वापतकाे रकम लैजानका सिफारिश लिएका हुन् । नेपालमा उद्याेग व्यवसाय स्थापनका लागी हस्तान्तरण गरेकाे प्रविधि, ब्राण्ड नामलगायतकाे प्रयाेगवापत प्रयाेग भएकाे अवधि वा उत्पादनकाे परिमाण वा काराेबारकाे रकमकाे आधारमा विदेशी लगानीकर्ताले सलामी दस्तुर लि‌ंदै आएका छन् । सलामी दस्तुर लैजानेमा केएफसी, काेकाकाेला, पेप्सी, टुबाेर्ग, एशियन पेन्टस्, डाबर, बर्जर पेण्टस् लगायतका कम्पनीहरू छन् । यसै अवधिमा २५ करोड रुपैयाँ बराबरको लाभांसका लागि सिफारिश दिएको हो ।

Esewa
Crest

विभागकाे सिफारिशकाे आधारमा सम्बद्ध कम्पनीले नेपाल राष्ट्र बै‌ंकमा निवेदन दिएर विदेशी मुद्रामा लगानीमा प्रतिफल र राेयल्टीवापतकाे रकम फिर्ता लैजानका लागी अन्तिम स्वीकृती लिनुपर्नेछ। नेपालमा कर सम्बन्धी दायीत्व भुक्तानी गर्न बाँकी रहेकाे अवस्थामा राष्ट्र बैंकले रकम फिर्ता लैजान राेक लगाउन समेत सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS