IME Life New

राष्ट्र बैंकले किन रोक्का गर्यो यी दुई भुक्तानी सेवाप्रदायकको खाता ? यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको सबै बैंक खाता रोक्का गरेको छ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै काठमाडौंको अनामनगरस्थित पेवेल नेपाल प्रालि र बालुवाटरस्थित सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको सबै बैंक खाता रोक्का गरिएको जानकारी गराएको हो।

Esewa
Crest

यी दुवै संस्थाबाट भइरहेको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेकोले उनीहरुको बैंक तथा वित्तीय संस्थामा रहेका सबै खाताहरु रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ।

ती दुवै संस्थाको बैंक खाता रोक्का गर्दा ग्राहकमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानबिन सम्पन्न गरिने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS