IME Life New

राष्ट्र बैंकले तान्न खोजेजति पैसा दिन तयार भएनन् बैंकहरु, आधाभन्दा कमको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो दुईपटक बैंकिङ प्रणालीबाट चाहेको जति रकम तान्न नसकेको देखिएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै गत कात्तिक २८ गते र मंसिर २ गते ५०–५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न खोजेको थियो। तर, बैंकहरुले राष्ट्र बैंकले तान्न खोजेजति रकम दिन तयार भएनन्।

Esewa
Crest

कात्तिक २८ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न बोलकबोल गरेको थियो। बोलकबोलमा ११ वटा बैंक तथा वित्तीय १८ वटा आवेदन दिएका थिएन। उनीहरुले ती १८ आवेदनमार्फत १८ अर्ब १० करोड रुपैयाँमात्रै राष्ट्र बैंकलाई दिन इच्छा देखाए। राष्ट्र बैंकले आवेदनअनुसार परेको १० अर्ब १० करोड रुपैयाँ नै तानेको थियो। त्यस दिन औसत ब्याजदर २.७६ प्रतिशत काम भएको थियो।

त्यसपछि मंसिर २ गते फेरि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न खोजेको थियो। तर, ८ बैंक तथा वित्तीय संस्थाले २२ वटा आवेदनमार्फत २२ अर्ब २० करोड रुपैयाँमात्रै राष्ट्र बैंकलाई दिन चाहे। राष्ट्र बैंकले २० अर्ब २० करोड रुपैयाँमात्रै सकारेको थियो। यो दिन औसत ब्याजदर २.९५ प्रतिशत कायम भएको थियो।

यी दुवै निक्षेप संकलन उपकरण २१ दिने अवधिको रहेका थिए। दुवै दिन आधाभन्दा कम पैसा राष्ट्र बैंकले तानेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS