IME Life New

राष्ट्र बैंकले गरेन नेपाल पे टाइमको लाइसेन्स नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरिएको जनाएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै नेपाल पे टाइमको लाइसेन्स नवीकरण नगरिएको जनाएको हो। नेपाल पे टाइमले २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाएको थियो।

Esewa
Crest

पछिल्लो लामो समदेखि नेपाल पे टाइमको भुक्तानी सेवा बन्द रहेको र सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा पनि नरहेको राष्ट्र बैंकले जनाएको छ। संस्थाको संस्थागत सुशासनको अवस्था पनि कमजोर रहेको र राष्ट्र बैंकबाट दिइएका निर्देशनहरुको कार्यान्वयनका लागि प्रतिबद्धताअनुसार कार्य अघि नबढाइएकोलगायत तथ्यलाई दृष्टिगत गरी भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (४)अनुसार लाइसेन्स नवीकरण नगरिएको सूचनामा उल्लेख छ।

उक्त संस्थाले जारी गरेको भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS