IME Life New

राष्ट्र बैंकमा मौद्रिक समीक्षा तयार गर्ने काम सुरु, कहिलेसम्म आउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा तयार गर्ने काम सुरु भएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले अहिले आर्थिक अनुसन्धान विभागमा मौद्रिक नीतिको समीक्षा तयार गर्ने काम भइरहेको बताए। ‘अहिले विभागमा धमाधम काम भइरहेको छ’, उनले भने।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति केही दिनअघि राष्ट्र बैंकले सार्वजनिक गरेको थियो। सोही आर्थिक परिदृश्यलाई आधार मानेर मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक जुटेको हो।

सहप्रवक्ता पोखरेलका अनुसार आगामी साताभित्र मौद्रिक समीक्षा आउन सक्छ। ‘यो साता मौद्रिक समीक्षा आउने सम्भावना कम छ’, उनले भने, ‘आगामी साताभित्र आउन सक्छ।’

आर्थिक अनुसन्धान विभागले समीक्षा तयार पारेर राष्ट्र बैंकको व्यवस्थापनसमक्ष पेस गर्छ। त्यसपछि व्यवस्थापनले मौद्रिक समीक्षा राष्ट्र सञ्चालकको सञ्चालक समितिमा लैजान्छ। त्यसैले समीक्षा आगामी सातासम्म आउन सक्ने अनुमान गर्न सकिन्छ।

राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो आर्थिक स्थिति र बजारको मागलाई हेरेर मौद्रिक समीक्षामार्फत केही नीतिगत फेरबदल हुन सक्छ। ‘तर, तेस्रो त्रैमास सकिसकेकोले मौद्रिक समीक्षामार्फत ठूलै फेरबदल भने हुन सम्भावना कम छ’, स्रोतले भन्यो।

मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने व्यवस्था थियो। तर, केही समयअघि राष्ट्र बैंकले उक्त व्यवस्थापनमा परिमार्जन गर्दै त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधान बनाएको छ। यो हिसाबले अब राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठ १५ गतेभित्र ल्याउनुपर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS