IME Life New

राष्ट्र बैंकबाट सर्वसाधारणले किन्न पाउने सुनका असर्फी कति-कति तौलाका हुन्छन् ? कति पर्छ मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ।

सर्वसाधारणले काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागकाअन्तर्गतको टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न पाउँछन्। टक्सार महाशाखाबाट सर्वसाधारणले खरिद गर्न सक्ने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन्। तिनीहरुको मूल्य बजार मूल्यमा आउने उतारचढावसँगै दैनिक तोकिने गर्दछ।

Esewa
Crest

टक्सार महाशाखाबाटै सर्वसाधारणले स्मारिका सिक्का र मेडालियन पनि किन्न पाउँछन्। सुनका असर्फी र चाँदीका सिक्का राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरुबाट किन्न पाउने व्यवस्था गरिएको छ।

सर्वसाधारणले कार्यालय खुलेको दिन महाशाखाको बबरमहल परिसरमा रहेको काउन्टरबाट सिक्काहरु खरिद गर्न सक्नेछन्। कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म (कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि ३ सम्म) र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म रहेको छ।

टक्सार महाशाखाबाट खरिद गरिएका सुनका असर्फी र चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइँदैन। अर्थात्, राष्ट्र बैंकले सर्वसाधारणमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दछ, सर्वसाधारणबाट खरिद गर्दैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS