IME Life New

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो। जसमा १४.२५ प्रतिशतले हुन आउने ९ करोड १४ लाख ३० हजार २८० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। राष्ट्र बैंकले असोज २१ गते पत्र पठाउँदा लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्न स्वीकृति दिएको संस्थाले जनाएको छ।

अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS