IME Life New

राष्ट्र बैंकद्वारा बजार निर्माता तथा बिक्री एजेन्टहरुको लाइसेन्स खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको बजार निर्माता र बिक्री एजेन्टको लाइसेन्स खारेज गरिएको जानकारी गराएको हो।

Esewa
Crest

गत असार १ गतेबाट सरकारी ऋणपत्रहरुको निष्कासन, नवीकरण, दोस्रो बजार कारोबार र भुक्तानीलगायतका कार्य अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुँदै आएको छ। यसअघि यी कार्य राष्ट्र बैंकले गर्दै आएको थियो। त्यसका लागि केन्द्रीय बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुलाई इजाजतपत्र प्रदान गर्दै आएको थियो।

अब बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS