IME Life New

राष्ट्र बैंकको निरीक्षण र सुरपरिवेक्षण कार्य प्रभावकारी भएनः महालेखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परीक्षकको कार्यालय बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकको निरीक्षण र सुपरिवेक्षण कार्य प्रभावकारी नभएको ठहर गरेको छ। महालेखाले ६१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकको निरीक्षण र सुपरिवेक्षण कार्यमाथि प्रश्न उठाएको हो।

नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ को विनियम १७(२) मा सुपरिवेक्षण कार्यका लागि बैंक तथा वित्तीय संस्थाको आकार तथा प्रकृतिका आधारमा सुपरिवेक्षण टोलीमा निरीक्षकहरुको संख्या निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ। तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण गर्दा निरीक्षकको संख्या निर्धारण गरेको आधार खुलाउने कागजात तयार गरी नराखेको महालेखाको ठहर छ। ‘आवश्यक जनशक्तिको परिचालन सम्बन्धमा स्पष्ट व्यवस्था नगरेको हुँदा निरीक्षण तथा सुपरिवेक्षण कार्य उद्देश्यअनुरूप भएको यकिन हुने अवस्था देखिएन’, महालेखाको प्रतिवेदनमा भनिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाको आकार तथा प्रकृतिका आधारमा सुपरिवेक्षण टोलीमा निरीक्षकहरुको संख्या निर्धारण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS