IME Life New

राष्ट्र बैंकको चरम लापरबाही, हप्ता दिनसम्म पनि हुँदैन महत्वपूर्ण सूचक अपडेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियामकका रुपमा नेपाल राष्ट्र बैंक रहेको छ। राष्ट्र बैंकले आफ्नो वेबसाइटमार्फत बैंकिङ सूचकहरुले दैनिकजसो अपडेट गर्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाहरुले हरेक दिनको गतिविधिको जानकारी सोही दिन साँझसम्म केन्द्र बैंकमा पठाउँछन्। तर, राष्ट्र बैंकले एक सातासम्म ढिलाइ गरी वित्तीय सूचकहरु सार्वजनिक गर्दै आएको छ।

विशेषगरी बैंकिङ गतिविधिमा चासो राख्नेहरुले वित्तीय सूचक हेर्न राष्ट्र बैंकको वेबसाइट हेर्ने गरेका हुन्छन्। तर, राष्ट्र बैंकले हप्ता दिनसम्म पनि वित्तीय सूचक अपडेट नगर्दा उनीहरु निराश हुने गरेका छन्।

Esewa
Crest

राष्ट्र बैंकले बैंकहरुको निक्षेप, कर्जा लगानी, सीडी रेसिया, अन्तरबैंक ब्याजदरजस्ता महत्वपूर्ण सूचक अपडेट गर्न ढिलाइ गर्दै आएको हो। यो कुरा नयाँ होइन। तर, पटक–पटक यसरी ढिलाइ गर्नुमा राष्ट्र बैंकको चरम लापरबाही भएको देखिन्छ।

आज पनि राष्ट्र बैंकको वेबसाइट हेर्ने हो भने जुलाई १७ अर्थात असार २ गतेसम्मका वित्तीय सूचकहरु अपडेट गरिएको छ। जब कि आज असार ८ गते भइसकेको छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले दैनिकजसो निक्षेप र कर्जाको तथ्यांक पठाउनुपर्ने हुन्छ। ‘तर कतिपय बैंक तथा वित्तीय संस्थाहरुले दैनिकजसो पठाउँदैनन्’, पोखरेलले भने, ‘ती तथ्यांक सुपरभाइरज इन्फर्मेसन सिस्टम (एसआईएस) मार्फत आउनुपर्छ। तर, कतिपयले नपठाउँदा प्राविधिक टोलीले एकैपटक सबै बैंक तथा वित्तीय संस्थाहरुको तथ्यांक अपडेट गर्न नसकेका हुन्।’

दैनिक तथ्यांक अपडेट गर्नुपर्ने विषयमा राष्ट्र बैंकले पहल गरिरहेको पोखरेलले बताए। ‘सबै बैंक तथा वित्तीय संस्थालाई दैनिक तथ्यांक पठाउन भनिएको छ, सबैले हरेक दिन साँझसम्म तथ्यांक पठाएमा भोलिपल्टै राष्ट्र बैंकको वेबसाइटमा तथ्यांक अपडेट हुन्छ’, पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS