IME Life New

राष्ट्र बैंकका गभर्नरलाई अर्थ समितिको बैठकमा डाकियो, मौद्रिक नीतिका विषयमा छलफल हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि डाकेको छ।

मंसिर २० गते (बुधबार) अर्थ समितिको १५ औँ बैठकमा गभर्नर अधिकारीलाई छलफलका लागि डाकिएको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनछ। बैठकको पहिलो कार्यसूचीमा गभर्नर अधिकारीसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिको अवस्था सम्बन्धमा छलफल हुनेछ।

Esewa
Crest

यसैगरी बैठकको दोस्रो कार्यसूचीमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्यांक र स्थिति सम्बन्धमा छलफल हुनेछ। दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग एनसेलको शेयर खरिदबिक्रीका विषयमा पनि छलफल हुन सक्ने अर्थ समिति स्रोत बताउँछ। यसअघि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि एनसेलको शेयर खरिदबिक्रीका विषयमा दूरसञ्चार प्राधिकरणलगायतका नियामकसँग ९ बुँदे जिज्ञासा सोधेको थियो।

सोही दिन हुने अर्थ समितिको आन्तरिक छलफलमा उपसमिति गठन र अन्य विविधि विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS