IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज वैशाख एक सूचना जारी गर्दै ईच्छुक उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र,लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

त्यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव रहेको हुनु पर्ने छ । कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS