IME Life New

राष्ट्रिय वाणिज्य बैंकको सीईओका २० जनाको आवेदन, को-को छन् दौडमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि २० जनाको आवेदन परेको छ। बैंकको सीईओ पदमा आवेदन दिने अन्तिम म्याद आज बिहीबार (वैशाख २७ गते)सम्म रहेको थियो। अन्तिम दिनसम्म २० जनाको सीईओ छनौट समितिले जनाएको छ।

बैंकको सीईओ पदमा राष्ट्रिय वाणिज्य बैंककै पूर्वनायब महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, नायब महाप्रबन्धक (डीजीएम) पवन रेग्मी, अर्का नायब महाप्रबन्धक (डीजीएम) दुर्गाकुमारी कँडेल र डेपुटी सीईओ देवेन्द्ररमण खनालले आवेदन दिएका छन्। तत्कालीन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णुदेव यादव, कृषि विकास बैंकका नायव महाप्रबन्धक (डीजीएम) दीर्घबहादुर अर्याल, प्रकाशचन्द्र अधिकारी, नेपाल पुनर्बीमा कम्पनीका पूर्वसीईओ शंकर रायमाझी र नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारीले पनि सीईओ पदमा आवेदन दिएका छन्।

Esewa
Crest

यसैगरी अगम मुखिया, नरेशराज अर्याल, विष्णुदेव अर्याल, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. राजाराम उपाध्यय, गणेशप्रसाद गौतम, नबिल स्टक डिलरका पुर्व सीईओ सीए शुरेस देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, सञ्चय कोषका पूर्वप्रशासक एवं सीए कृष्णप्रसाद आचार्य, झविन्द्र खत्री र माधवप्रसाद रेग्मी पनि सीईओको दौडमा रहेका छन्। आवेदन दिने देवेन्द्ररमण खनाल हाल राष्ट्रिय वाणिज्य बैंकमा कामु सीइओका रुपमा कार्यरत छन्।

गत वैशाख ७ गते राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि छनोट समितिले सीईओमा दरखास्त आह्वान गरेको थियो। बैंकको सीईओ हुन व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। चार्टर्ड अकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको अनुभव आवश्यक पर्छ।

उम्मेदवारले आफ्नो दरखास्त साथ ५ हजार शब्दमा नबढ्ने गरी (अनुसूचीबाहेक) तयार गरिएको तीन प्रतिव्यावसायिक कार्य योजना र सोको सफ्ट कपी (पेन ड्राइभ) समेत सिलबन्दी गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो। व्यावसायिक कार्ययोजना तयार गर्दा सीईओका लागि तोकिएको कार्यक्षेत्रगत सर्तहरु र राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदपूर्तिसम्बन्धी कार्यविधि २०८० मा रहेका व्यावसायिक कार्ययोजनामा पेस गर्नुपर्ने बुँदाहरुसमेतका आधारमा तयार पारिएको हुनुपर्ने सर्त अगाडि सारिएको छ।

योग्यता पूरा भएका उम्मेदवारको शैक्षिक योग्यता, कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कम्तीमा ६० प्रतिशत अंक प्रदान गरिने व्यवस्था छ। उम्मेदवारमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने (सम्भव भएसम्म ५ जना) लाई छनौट गरी व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिने समितिले जनाएको छ।

सर्ट लिस्टमा परेका उम्मेदवारले तोकिएको मिति र समयमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिसमेत गर्नुपर्ने हुन्छ। यस्तो प्रस्तुतिबाट धेरै अंक प्राप्त गर्ने ३ जनाको नाम छनौट समितिले सिफारिस गर्नेछ। ती ३ जनामध्ये एकजनालाई सीईओको जिम्मेवारी दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS