IME Life New

राष्ट्रिय बीमा कम्पनीलाई पुस मसान्त भित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन, सहजिकरण गर्न मन्त्रालय तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहलाई मन्त्रालयमै बोलाएर पुस मसान्त भित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महतले लेखापरीक्षणका लागि मन्त्रालयबाट गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्याय, सञ्चालकहरु कृष्ण प्रसाद शर्मा, दामोदर प्रसाद सुवेदी, विश्व राज बराल, डा. यादवमणी उपाध्याय, रवि कुमार टवरेवाला, प्रमुख कार्यकारी अधिकृत शेखर बराल, कम्पनी सचिव डा. श्रीजना पन्त लगायतको उपस्थिति थियो ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०७२/७३ सम्मको वार्षिक साधारणसभा सम्पन्न भएको र बाँकी वर्षको लेखापरीक्षणको काम भइरहेको जानकारी गराएका थिए । उनले लेखापरीक्षणका क्रममा उठेका कतिपय समस्याको समाधानका लागि अर्थमन्त्री महत समक्ष अनुरोध समेत गरेका छन् । उनले केहि समस्या देखिएकै कारण लेखापरीक्षण सम्पन्न हुन नसकेको जानकारी दिए । यसका लागि नै मन्त्रालय सँग आवस्यक समन्वय र सहजिकरणका लागि भेटवार्ता तथा प्रस्तुतिकरण गरिएको बताए ।

कम्पनीका पदाधिकारीहरुले जग्गाको विवादलाई पनि निरुपण गरिदिन अनुरोध गरेका थिए । मन्त्रीले यस विषयमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले छलफलमा उपस्थित सबैलाई छिटो भन्दा छिटो लेखापरीक्षणको काम सम्पन्न गरेर अगाडी बढ्न समेत निर्देशन दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतले कम्पनीको आगामी कार्य योजनाको वारेमा पनि प्रस्तुतिकरण दिएका थिए । यसै सन्दर्भमा मन्त्री महतले कार्ययोजनाको सुनुवाइ गर्दै कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS