IME Life New

राष्ट्रिय बीमा कम्पनीको सिइओमा अन्ततः बराललाई नै नियुक्ति गर्ने अर्थमन्त्रीको तयारी, कार्यकाल थप्ने प्रयासमा ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नै नियुक्ति गर्ने तयारी गरेका छन् । तत्कालिन अवस्थामा कम्पनीको सञ्चालक समितिले पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नियुक्त गर्न नमाने पछि अर्थमन्त्री शर्माले उक्त प्रकृयाँलाई नै स्थगन गर्दै अर्थमन्त्रालयका उपसचिव ज्ञानेन्द्रराज ओझालाई ६ महिनाका लागि काजमा पठाएका थिए ।

पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो । कम्पनीको सञ्चालक समितिले पदपुर्ती उपसमितिको मूल्याङ्कनै आधारमा पहिलो स्थानमा रहेको सुरेन्द्र थापालाई नै नियुक्ति गर्ने अडान लिए पछि अर्थमन्त्री शर्माले बरु सिफारिस समिति नै भङ्ग गरिदिने तर थापालाई नियुक्त नगर्ने अडान लिएका थिए । शर्मा आफ्नो अडानबाट पछाडी हटेनन् बरु मन्त्रालयबाटै काजमा ओझालाई पठाइदिए ।

Esewa
Crest

थापाले सञ्चालक समितिका अतिरिक्त माओवादी केन्द्रबाटै पावर लगाएर पदपुर्ती उपसमितिकै सिफारिस अनुसार नियुक्त हुनु पर्ने भन्दै लविङ गरे । यसले गर्दा शर्मालाई धेरै नै गाह्रो पर्यो । स्रोतका अनुसार पहिलो नम्बरमा रहेका थापालाई अन्य कुनै क्षेत्रमा जिम्मेवारी दिने सहमति भएको छ । थापालाई अन्तत्र जिम्मेवारी दिने सर्त सहित बराललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने अन्तिम तयारी रहेको छ ।

मन्त्रालयबाट काजमा खटिएका ओझाले पनि कार्यकाल थपको लागि आकाङ्क्षा देखाएका छन् । सरकारले उनलाई ६ महिनाका लागि चैत दोस्रो सातामा नियुक्त गरेको थियो । यस हिसावले उनको कार्यकाल सकिइसकेको छ । उनले कार्यकाल थप गर्न अर्थमन्त्री शर्मा लगायत अन्य राजनीतिक व्यतिहरु सँग अनुरोध गर्दै आएको बुझिएको छ । मन्त्रालयले ओझालाई अहिलेसम्म हुन नसकेको लेखापरीक्षण पुर्ण गर्न तथा साधारणसभा गर्ने म्याण्डेड सहित पठाएको थियो । यहि म्याण्डेड अनुसार अझै केहि समय आफ्नो कार्यकाल थप गर्नु पर्ने उनको माग रहेको बुझिएको छ । ओझाले हुन नसकेको लेखापरीक्षणलाई धेरै हदसम्म अगाडी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS