IME Life New

राष्ट्रियस्तरका विकास बैंकः मुक्तिनाथलाई पछि पार्दै गरिमाले कमायो सर्वाधिक नाफा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथलाई पछि पार्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गरिमाले सर्वाधिक नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये गरिमाले सर्वाधिक ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। मुक्तिनाथले भने ४२ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। यो नाफाबाट साथ मुक्तिनाथ दोस्रो स्थानमा रहेको छ।

Esewa
Crest

अघिल्लो वर्षको यही अवधिको तुलनामा गरिमाको नाफा २.०८ प्रतिशतले बढ्दा मुक्तिनाथको भने ३२.९३ प्रतिशतले घटेको छ।

सर्वाधिक नाफा आर्जन गर्नेमा शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ३७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा भने यो नाफा १३.६१ प्रतिशतले कम हो। अघिल्लो वर्ष शाइन रेसुंगाले ४२ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म प्रतिशतका हिसाबले ज्योतिले नाफा सर्वाधिक बढेको छ। यो अवधिसम्म ज्योतिले १० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९०.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा ज्योतिले ३ करोड ४७ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा सांग्रिला रहेको छ। यो बैंकले १० करोड २ लाख रुपैयाँमात्रै नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९.८२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा यो बैंकले १६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लोको वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको कुल नाफा १०.९८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा यी ८ वटा विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर २ अर्ब २५ करोड रुपैयाँमा सीमित बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS