IME Life New

राष्ट्रियस्तरका विकास बैंकः नाफामा मुक्तिनाथ शीर्ष स्थानमा, वृद्धिदरमा कामना सेवा अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले पौने ३ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल २ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा २ अर्ब १६ करोड २३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २८.९५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ६ वटा विकास बैंकको नाफा बढेको छ भने २ वटाको घटेको छ। धेरै नाफा कमाउनेमा मुक्तिनाथ शीर्ष स्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले कामना सेवा अगाडि रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म मुक्तिनाथले ५८ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २८.२० प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा आर्जन गर्ने विकास बैंकमा गरिमा रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ५१ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गरिमाको नाफा ३३.२४ प्रतिशतले बढेको छ।

नाफा आर्जनको हिसाबले शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष मंसिरसम्म ३० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ४७ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ५७.३७ प्रतिशतले बढेको छ।

यसैगरी मंसिरसम्म लुम्बिनीले ३८ करोड ६८ लाख रुपैयाँ, कामना सेवाले ३३ करोड १० लाख रुपैयाँ, महालक्ष्मीले २१ करोड २९ लाख रुपैयाँ, सांग्रिलाले २० करोड ७० लाख रुपैयाँ र ज्योति विकास बैंकले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा लुम्बिनीको नाफा ५८.३० प्रतिशत, कामना सेवाको ६८.२६ प्रतिशत र सांग्रिलाको ३३.०५ प्रतिशतले बढेको छ भने महालक्ष्मीको १.९३ प्रतिशत र ज्योति विकास बैंकको ६४.७९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS