IME Life New

राज्यले शेयर बजारका लगानीकर्तालाई बलियो बनाउँदै लानुपर्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजधानी भित्र शेयर लगानीकर्ताको हक हित संरक्षण गर्न धेरै संघ, संस्था र फोरम खुलेपनि मोफसलमा भने शेयर लगानीकर्ताको संघ,फोरम खुलेका थिएन । प्रदेश ५ को हब बुटवलका केही स्थानीय लगानीकर्ता मिलेर प्रदेश ५ शेयर लगानीकर्ता फोरम संचालनमा ल्याएसँगै काठमान्डौ बाहिर पहिलो फोरम दर्ता भएको थियो ।  प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीसँग फोरम र समसामयिक विषयमा इन्स्योरेन्स खबरले गरेको कुराकानी :

सर्वप्रथम यहाँलाई स्वागत गर्न चाहन्छु,  प्रदेश ५ शेयर लगानीकर्ता फोरम खोल्नुको कारण के थियो?
धन्यवाद ! राजधानी बाहिर ब्रोकरको शाखा कार्यालय विस्तारसँगै शेयर बजारको चहलपहल बढ्ने क्रम जारी भयो। राजधानी भित्र लगानीकर्ताका लागि जन्मेका थुप्रै फोरम भए पनि राजधानी बाहिर भने केन्द्रिय कार्यालय राखेर कुनै पनि फोरम नभएको अवस्थामा हामी प्रदेश ५ का केही युवा साथीहरु मिलेर लगानीकर्ता फोरम खोल्ने निर्णयसँगै प्रदेश ५ शेयर लगानीकर्ता फोरमको स्थापना भयो। अहिलेको अवस्थामा बुटवलमा ५ वटा ब्रोकरका शाखा (RWS) आएको अवस्था छ। विस्तारै बुटवल शेयर बजारको हबको रुपमा विकास भएको हुँदा शेयरमा लगानी गर्नेको संख्या दिन प्रतिदिन बढ्दै छ।

Esewa
Crest

अनि प्रदेश ५ शेयर लगानीकर्ता फोरम ५ प्रदेशमा मात्र सिमित संस्था हो कि ?
नाममा मात्र प्रदेश ५ हो तर यसको कार्य क्षेत्र नेपाल भर भएको हुनाले नेपाल भर विस्तार हुने क्रममा छ । हामीले प्रत्येक प्रदेशमा प्रदेश संयोजक तोक्ने प्रक्रियामा छौ। हामीसँग अहिले पनि नेपाल भरीबाट १०० जना सदस्य हुनुहुन्छ। हामीले प्रदेश ५ का सम्पूर्ण जिल्लामा संयोजक तोकी सकेका छौ।

सर्वप्रथम अहिलको अन्लाईन कारोवार प्रणाली पूर्ण स्वचालित होइन। वर्तमान अन्लाईन कारोवार प्रणालीमा बैंक र डिम्याट ईण्टिग्रेशन भएको छैन। जब सम्म बैंक र डिम्याट ईण्टिग्रेशन हुदैन तब सम्म के अनलाईन भयो र ? त्यसैले जति सक्दो छिटो पूर्ण अन्लाईन कारोवार प्रणाली ल्याउनु पर्यो।

तपाईको फोरमले के के काम गरिरहेको छ त ?
हाम्रो फोरम विशुद्ध शेयर बजार विकास तथा विस्तारको लागि खोलिएको फोरम हो। हामी खुलेको करिव एक वर्ष भयो र यो एक वर्षमा हामीले शेयर शिक्षामा धेरै केन्द्रित भएका छौ । हामीले प्रदेश ५, ६ र ७ का विभिन्न जिल्लामा शेयर सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छौ। त्यस्तै बुटवलका विभिन् कलेजमा शेयर सम्बन्धी कार्यक्रम आयोजना गरेका छौ । काठमान्डौ केन्द्रित केही संघहरुसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गर्दै आएका छौँ।

बेला बेलामा लगानीकर्ताको हक हित संरक्षण गर्नका निमित्त हामीले बुटवलबाट आवाज उठाउँदै पनि आएका छौ। जेसिस, रोटरी, लाएन्स सस्था सामाजिक सस्थाहरुसँगको सहकार्यमा बुटवल र यस वरिपरिका क्षेत्रमा शेयर बजार सम्बन्धी विभिन्न कार्यक्रम पनि आयोजना गरेका छौँ।

फोरमको राज्य र नियामक निकायसँग के के माग छन् ?
सर्वप्रथम अहिलको अन्लाईन कारोवार प्रणाली पूर्ण स्वचालित होइन। वर्तमान अन्लाईन कारोवार प्रणालीमा बैंक खाता र डिम्याट खाता ईण्टिग्रेशन भएको छैन। जब सम्म बैंक र डिम्याट खाता ईण्टिग्रेशन हुदैन तब सम्म के अनलाईन भयो र ? त्यसैले जति सक्दो छिटो पूर्ण अन्लाईन कारोवार प्रणाली ल्याउनु पर्यो ।

* वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई शेयर कारोवार गर्न मिल्ने गरी ब्रोकर लाईसेन्स दिने प्रक्रिया जति सक्दो छिटो टुङ्गाउनु पर्यो। वाणिज्य बैंकहरुको सहायक कम्पनीले लाइसेन्स पाए पश्चात शेयर बजार विस्तार गर्न ठुलो सफलता मिल्ने थियो।

* देश प्रदेश स्तरमा गए पछि ब्रोकर लाइसेन्स पनि प्रादेशिक मोडलमा जानु पर्ने होइन र ? प्रदेश स्तरमा लाईसेन्स खुलाउने कुरा थियो ! खोइ कहाँ पुग्यो त्यो कुरा ? राजधानी बाहिरका लगानीकर्तालाई असक्षम भन्नु पर्यो की प्रदेश स्तरमा ब्रोकर लाईसेन्स दिनु पर्यो ! प्रदेश तहका स्थानीयले ब्रोकर लाईसेन्स पाउँदा शेयर बजार विकास र विस्तारमा सहयोग पुग्छ।

* लामो समय शेयर होल्ड गर्ने लगानीकर्ताहरुलाई पुँजीगत लाभ करमा केही छुट दिनु पर्छ।

* ब्रोकर कमिसन निकै महँगो भयो, ब्रोकर कमिसन अलिक कम गर्न पाए कारोवारीलाई केही राहत हुने थियो।

* महिला लगानीकर्तालाई शेयर बजार प्रवेशमा प्रोत्साहन गर्न कुनै माध्यमबाट छुट दिनु पर्यो

* १० कित्ता नितीले शेयर बजारलाई विस्तार गर्न ठुलो सहयोग पुगेको थियो , यसलाई निरन्तरता दिनु पर्ने

कोरोना भाइरसको कारणले पुरै देश लक डाउनमा छ , यस्तो बेलामा सरकार शेयर कारोवार खुलाउने पक्षमा छ , यसलाई तपाईको फोरमले कसरी लिएको छ ?
नेपाली शेयर बजार पूर्ण स्वचालित नभएको अवस्थामा शेयर बजार पुन खोल्ने सरकारी निर्णयको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले विरोध जनाएको छ। हामीले बिहीबार एक विज्ञप्ति जारी गर्दै १ प्रतिशत मात्र लगानीकर्ता अनलाईनमा आवद्ध भएको र बाँकी ९९ प्रतिशत लगानीकर्तालाई दोश्रो बजारबाट बन्धक बनाउँन नहुने भन्दै हाम्रो फोरमले विरोध जनाएको छ।

ब्रोकर कमिसन निकै महँगो भयो, ब्रोकर कमिसन अलिक कम गर्न पाए कारोवारीलाई केही राहत हुने थियो।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
राज्यले शेयर बजारका लगानीकर्तालाई बलियो बनाउँदै लानु पर्छ। नियामक निकाय शेयर लगानीकर्ताको हक हित संरक्षण तर्फ लाग्नु पर्छ। लगानीकर्ता बलियो भए शेयर बजार बलियो हुन्छ र शेयर बजार बलियो भयो भने राज्यलाई कुनै माध्यमबाट बलियो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS