IME Life New

यो वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.३% मात्रै रहने विश्व बैंकको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०।८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेटमा यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो। यसअघि गत जनवरीमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण थियो। अहिले त्यसलाई घटाएको छ। नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

Esewa
Crest

आगामी आर्थिक वर्ष २०८१।८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने विश्व बैंकको अनुमान छ। त्यसपछिको वर्षमा भने ५.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ।

यसैगरी चालु आर्थिक वर्षमा नेपालमा मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS