IME Life New

यूनियन लाइफले भित्र्याएको विकृतीलाई निरन्तरता दिंदै गार्डियन माइक्रो लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । साबिक यूनियन लाईफ इन्स्याेरेन्सले बीमा क्षेत्रमा भित्र्याएकाे विकृतीलाई नव प्रवेशी लघु बीमक गार्डियन माइक्राे लाइफले पनि निरन्तरता दिने भएकाे छ।

बीमा काराेबार शुरु गर्ने तयारीमा रहेकाे गार्डियन माइक्राेले गार्डियन मनि ब्याक माइक्राे लाईफ इन्स्याेरेन्स नामबाट बीमा अवधि पुरा नहुँदै किस्ता किस्तामा बीमा‌ंक रकम फिर्ता गर्ने याेजना ल्याउने तयारी गरेकाे हाे । गार्डियनले दुई वटा धनफिर्ता बीमा याेजना ल्याउँदैछ। बीमा कम्पनीले बीमालेख स्वीकृतीका लागी नियामक नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेकाे छ।

Esewa
Crest

नेपालकाे जीवन बीमा व्यवसायमा वार्षिक रकम फिर्ता(वार्षिक धन वर्षा, धन लाभ,धन फिर्ता नाम दिइएकाे) बीमा याेजना यूनियन लाईफ इन्स्याेरेन्सले भित्र्याएकाे हाे । याे बीमामा बीमा‌ंककाे ५ प्रतिशत रकम प्रत्येक वर्ष बीमितले फिर्ता पाउने सुविधा हुन्छ । वार्षिकरूपमा फिर्ता पाउने रकम बीमितले भुक्तानी गर्ने वार्षिक किस्ता रकमकाे करिब ६० प्रतिशत हुन्छ।

बीमितले वार्षिक जम्मा गर्ने रकमकाे तुलनामा फिर्ता लैजाने रकम उल्लेख्य हुने भएकाले यस्ताे बीमालेखकाे समर्पण मूल्य एकदमै न्यून हुन्छ। न्यून समर्पण मूल्यका कारण बीमितले आवश्यक परेका बेला कर्जा लिन चाहेमा कर्जा सुविधाबाट वञ्चित हुनुपर्छ।

जम्मा हुनेभन्दा बाहिरिने रकम बढी हुने भएकाले जीवन बीमा काेषमा जम्मा गर्नका लागी बीमा कम्पनीसँग याे याेजना अन्तर्गत पर्याप्त बचत रकम हुँदैन । थाेरै बचत रकम लगानी गरेर प्राप्त हुने प्रतिफल पनि थाेरै हुने भएकाले यस्ताे बीमालेखकाे बाेनश दर पनि एकदमै न्यून हुन्छ। अत्यधिक परिमाणमा वार्षिक धनलाभ र एकल बीमाशुल्क भुक्तानी बीमा याेजना बिक्री गरेकाले नै यूनियन लाईफकाे प्रति हजार बीमा‌ंकमा वार्षिक बाेनश दर २० रुपैयाँसम्म सीमित हुन पुगेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

6%
excited

उत्साहित

31%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS