IME Life New

युट्युब भिडियोको मद्दतले भिजेको स्मार्टफोनबाट पानी बाहिर निकाल्न सकिन्छ ? यस्तो छ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन आजकल हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग हो। जसका कारण मानिसहरुले यसलाई जताततै बोक्ने गर्छन्। यस्तो अवस्थामा कहिलेकाहीँ कसैको स्मार्टफोन पानीले भिज्छ वा पानीमा खस्छ। यस्तो अवस्थामा प्रयोगकर्ताले तुरुन्तै यसलाई सुकाउन थाल्छन्, ता कि फोन बिग्रन नपाओस्। तर, आजकल एउटा युट्युबमा भिडियोको धेरै चर्चा भइरहेको छ। यसले भिजेको स्मार्टफोनलाई तत्काल सुकाउँछ।

अब प्रश्न उठ्छ कि भिजेको मोबाइललाई भिडियोको मद्दतले ठीक गर्न सकिन्छ ? भर्जले आफ्नो रिपोर्टमा स्मार्टफोनभित्र रहेको पानीलाई युट्युब भिडियो प्ले गरेर साँच्चै बाहिर निकाल्न सकिने दाबी प्रस्तुत गरेको छ।

Esewa
Crest

युट्युबमा साउन्ड टु रिमुभ वाटर फ्रम फोन स्पिकर (ग्यारेन्टेड) नामको भिडियो छ। यसमा यस्ता धेरै कमेन्टहरु भेटिनेछन् जसमा उनीहरुको स्मार्टफोन कुनै न कुनै कारणले भिजेको दाबी गरिएको छ। त्यसपछि उनीहरुले आफ्नो स्मार्टफोनलाई कागज वा कपडाले सुकाएर यो युट्युब भिडियो प्ले गरे। यससँगै स्मार्टफोन ठीक भयो।

भिडियो भित्र के छ ?

यो एउटा स्लो मोसन भिडियो हो। जसमा सर्कल स्लो स्पिडमा घुम्छ। यसमा लो बेस साउन्ड प्रयोग गरिएको छ। २ मिनेट ६ सेकेन्डको यो भिडियोमा विभिन्न तहको आवाज उत्पन्न हुन्छ।

सिद्धान्त के हो ?

वास्तवमा स्पिकरभित्र पानी भरिए पनि स्पिकरमा ध्वनि उत्पन्न गरेर उपकरणभित्रबाट पानी बाहिर निकाल्न सकिन्छ। यसका लागि सबैभन्दा चर्को आवाज तल्लो स्वरमा बजाउनुपर्छ। यो जानकारी बोसका अनुसन्धानका वरिष्ठ निर्देशक एरिक फ्रीम्यानले दिएका छन्।

एप्पल वाचमा विशेष फिचर

वास्तविक जीवनमा यसको एउटा उत्कृष्ट उदाहरण एप्पल वाच हो। जसमा एक विशेष फिचर छ। यो फिचरको सहायताले घडीमा पानी परेमा प्रयोगकर्ताले सजिलै पानी निकाल्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS