IME Life New

यी हुन् नेको इन्स्योरेन्सका ९ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीमध्ये एक हो, नेको इन्स्योरेन्स । यो कम्पनी २०५१ पुस १ गते स्थापना भएको हो। कम्पनीले आफ्नो व्यवसाय भने २०५३ जेठ १७ गतेबाट सुरु गरेको थियो। कम्पनीको अध्यक्षमा रमेशकुमार निरौला र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार खड्का छन्। कम्पनीले सम्पत्ति बीमा, मोटर बीमा, एभियसन बीमा, इन्जिनियरिङ बीमालगायतका सेवा प्रदान गर्दै आएको छ।

नेको इन्स्योरेन्स शेयर लगानीकर्ताको रुचाएको एउटा कम्पनी पनि हो। पछिल्लो १० वर्षमा कम्पनीले वार्षिक औसत १४ प्रतिशतभन्दा माथि नै लाभांश वितरण गरेको छ।

Esewa
Crest

गत माघ १२ गते कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा गरेको थियो। सभाले आर्थिक वर्ष २०७९/८० वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको थियो।

वार्षिक प्रतिवेदनअनुसार १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व राख्ने ९ व्यक्ति तथा संस्था छन्। जसमा सबैभन्दा बढी शेयर राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको छ। यस कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८ हजार ५३८.५७ कित्ता शेयर रहेको छ।

यसैगरी दोस्रो ठूलो शेयर स्वामित्व राख्नेमा कृतिकुमारी महतो छिन्। उनको नाममा १०.८८ प्रतिशत अर्थात २१ लाख ९० हजार ३२२.०९ कित्ता शेयर रहेको छ।

तेस्रोमा नागरिक लगानी हो । कोषसँग १६ लाख ३४ हजार ७२७.५६ कित्ता शेयर रहेको छ। यो ८.१२ प्रतिशत हो। बीके विनायक प्रालि नेको इन्सुरेको चौथो ठूलो शेयरधनी हो। यो कम्पनीसँग ७.०२ प्रतिशत अर्थात १४ लाख ११ हजार ९६१.४१ कित्ता शेयर रहेको छ।

त्यस्तै यस कम्पनीमा कृषि विकास बैंकसँग ६ लाख ७२ हजार २२ कित्ता (३.३४ प्रतिशत), फन्ड म्यानेजमेन्ट कम्पनीसँग ४ लाख ९२ हजार ५३९ कित्ता (२.४५ प्रतिशत), एसभीआर पब्लिक प्राइभेटसँग २ लाख ७१ हजार ७९५ कित्ता (१.३५ प्रतिशत), एजी प्राइभेट लिमिटेडसँग २ लाख ५ हजार ६२४ कित्ता (१.०२ प्रतिशत) र नेपाल शेयर मार्केट एन्ड फाइनान्ससँग १ लाख ७५ हजार ११४ कित्ता (०.८७ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS