IME Life New

यी हुन् एभरेष्ट बैंकका ठूला शेयरधनी, कोसँग कति कित्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकको ३० औँ वार्षिक साधारणसभा आज असोज २० गते सम्पन्न भएको छ। सभाले आर्थि वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तपुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ कुल १५.५३ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ। वार्षिक प्रतिवेदनअनुसार बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व भारतीय पञ्जाब नेसनल बैंकको रहेको छ। यो भारतीय बैंकको २०.०३ प्रतिशत अर्थात २ करोड ३५ लाख ६५ हजार १२० कित्ता शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यसैगरी एभरेष्ट बैंकमा प्रतिमा श्रेष्ठको शेयर स्वामित्व १४.७७ प्रतिशत रहेको छ। श्रेष्ठसँग बैंकको १ करोड ७३ लाख ८६ हजार ७२२ कित्ता शेयर रहेको छ।

एभरेष्ट बैंकमा विष्णुकृष्ण श्रेष्ठको ९.१८ प्रतिशत (१ करोड ८ लाख ३ हजार ६६२ कित्ता), रविकृष्ण श्रेष्ठको १.८८ प्रतिशत (२२ लाख १३ हजार ८३८ कित्ता) र किरणकृष्ण श्रेष्ठको १.८८ प्रतिशत (२२ लाख १३ हजार ८३८ कित्ता) शेयर स्वामित्व रहेको छ।

यसैगरी शान्त देव पाठकको १.१८ प्रतिशत (१३ लाख ८३ हजार ८९१ कित्ता), अरुण मान शेरचनको ०.९५ प्रतिशत (११ लाख १२ हजार १७९ कित्ता) र होटल स्नो लायनको ९.३१ प्रतिशत (१ करोड ९ लाख ४९ हजार ७६९ कित्ता) शेयर स्वामित्व रहेको छ।

बैंकमा सर्वसाधारणको शेयर स्वामित्व ४०.८३ प्रतिशत (४ करोड ८० लाख ५० हजार १९.८० कित्ता) रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS