IME Life New

यातायात कार्यालयकाे लापरवाही, नक्कली बीमाबाटै धमाधम ब्लुबुक नविकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । यातायात व्यवस्था विभागका कर्मचारीले नक्कली बीमालेखकाे आधारमा धमाधम सवारी साधन नविकरण गर्न थालेका छन् । यातायात व्यवस्था ऐनमा सवारी साधनकाे तेश्राे पक्ष बीमा अनिवार्य भएपनि विभागका कर्मचारीले नक्कली बीमालेखकाे आधारमा सवारी दर्ता नविकरण गरिरहेकाे विषयमा नेपाल बीमा प्राधिकरणमा उजुरी परेकाे छ।

विभाग अन्तर्गतकाे साना तथा ठूला सवारी कार्यालयका कर्मचारीले ऐनकाे प्रावधान अनुसार तेश्राे पक्ष बीमा अनिवार्य भएपनि बीमा नै नभएका सवारी साधनकाे पनि धमाधम नविकरण गर्न थालेपछि पीडित पक्षले प्राधिकरणमा गुनासाे गरेकाे हाे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ काे दफा १४८ मा सवारी धनी वा व्यवस्थापकले ताेकिए बमाेजिम प्रत्येक सवारीकाे बीमा गराउनुपर्ने प्रावधान छ। यसै प्रावधान अन्तर्गत नेपालमा तेश्राे पक्ष बीमा अनिवार्य गरिएकाे छ।

Esewa
Crest

बीमालेखकाे नक्कली कागज पत्र तयार पारेर वा छायाँ प्रतिमा विवरण सच्याएर यातायात कार्यालयहरुबाट सवारी दर्ता नविकरण गरिएकाे गुनासाे प्राप्त भएकाे प्राधिकरणले जानकारी दिएकाे छ।

तेश्राे पक्ष बीमा नै नभएकाे सवारी दुर्घटना भएकाे अवस्थामा दुर्घटनामा परी घाइते हुने,अपाङगता हुने वा ज्यान गुमाउने तेश्राे पक्ष पीडितले क्षतिपूर्ती पाउन निक्कै सास्ती खेप्नुपर्छ। पीडितले क्षतिपूर्ती नै नपाउने अवस्था समेत हुन्छ।

बीमा नभएकाे पनि सवारी दर्ता नविकरण सवारी दुर्घटनाका कारण पीडितलाई क्षतिपूर्ती दिलाउनका लागी राजमार्ग नै अवरुद्ध गर्ने समस्या विकराल बनेपछि सरकारले तेश्राे पक्ष बीमा अनिवार्य गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

8%
sad

दु :खी

54%
amazed

अचम्मित

0%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS