IME Life New

यसकारण बंगलादेशी लगानीकर्ताले चौधरी समूहलाई बेचेन नबिल बैंकको शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी आईएफआईसी बैंक नेपालको नबिल बैंकको आफ्नो शेयर बेच्ने दुईवर्षे योजनाबाट पछि हटेको छ। दक्षिण एसियाली मुलुकमा नीतिगत परिवर्तनले सम्झौताबाट अपेक्षित नाफा कमाउने सम्भावना कम देखेपछि आईएफआईसी नबिलको शेयर बेच्ने योजनाबाट पछि हटेको हो।

आईएफआईसी बैंक नेपालको नम्बर १ निजी वाणिज्य बैंक नबिलमा ७.७७ प्रतिशत शेयर स्वामित्व राख्नुमा बढी नाफामुखी निष्कर्षमा पुगेको छ। नबिलको शेयर बेचेको भए आईएफआईसी बैंकले ६ अर्ब १८ करोड ७० नेपाली रुपैयाँ प्राप्त गर्ने थियो।

Esewa
Crest

आईएफआईसी बैंकका कम्पनी सचिव मो. मोकम्मेल हकले आफूहरुले नीति परिवर्तनका लागि नबिलको शेयर बेच्ने योजना रद्द गरेको बताए। केही वर्षअघि अर्थ मन्त्रालयले अर्थतन्त्रमा बैंकको संख्या घटाउने निर्णय गरेपछि मर्जरलाई प्रोत्साहन गर्दै कर छुट दिएको थियो। अर्थ मन्त्रालयले मर्जर भएको २ वर्षभित्र कुनै पनि पाटर्नरले शेयर बिक्री गर्दा हुने पुँजीगत लाभमा कर छुट पाउने घोषणा गरेको थियो। यो कर छुट योजनाले आईएफआईसी बैंकलाई नेपाल बंगलादेश बैंकमा आफ्नो शेयर बेच्ने विचार गर्न प्रेरित गर्यो। किनकि त्यतिबेला बंगलादेश बैंकले नबिल बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको थियो।

सन् १९९४ बाट नेपाल बंगलादेश बैंक सञ्चालन आएको थियो। यो बैंक बंगलादेशको आईएफआईसी बैंक र नेपाली उद्यमीहरुको समूहको संयुक्त वाणिज्य बैंक थियो। नबिल बैंकसँग मर्जर हुनुअघि आईएफआईसी बैंकको नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत शेयर स्वामित्व थियो।

आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको आफ्नो सम्पूर्ण शेयर सारिका चौधरीलाई बेच्ने निर्णय गरेको थियो। सारिका नेपालको सबैभन्दा धनी व्यक्ति तथा फोर्ब्सको अर्बपतिको सूचीमा पर्ने नेपालका एकमात्र धनाढ्य विनोद चौधरीकी पत्नी हुन्। विनोद चौधरी नबिल बैंकका संस्थापक र चौधरी ग्रुपका अध्यक्ष हुन्।

सन् २०२२ जुन १० मा नेपाल बंगलादेश बैंक १००ः४३ शेयर स्वाप रेसियोमा नबिल बैंकमा विलय भयो। तर मर्जरपछि नेपाल राष्ट्र बैंकले करको सुविधाको दायरा हटाउँदै सन् २०२४ जुन ९ अघि शेयर बिक्री गर्न नदिने निर्णय गरेको थियो।
नबिल बैंक नेपालमा राम्रो प्रदर्शन गर्ने सूचीकृत बैंक भएकाले आईएफआईसी बैंकले आफ्नो शेयरबाट राम्रो लाभांश आम्दानीको आशामा राखेको छ। ‘अब सम्झौता लाभदायक भएमात्र शेयर बेच्नेछौँ’, कम्पनी सचिव हकले भने।

नबिलमा हाल आईएफआईसी बैंकको ७.७७ प्रतिशत शेयर छ। नबिलको नेपालभर २४६ शाखा सञ्जाल छन्। दोस्रो बजारमा नबिल बैंकको शेयरभाउ प्रतिकित्ता ५०० रुपैयाँ नजिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

0%
sad

दु :खी

12%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS