IME Life New

यसकारण आज मौद्रिक नीति नआउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति आज शुक्रबार नआउने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज ल्याउने लगभग अन्तिम तयारी गरेको थियो। तर, अब अर्को सातामात्रै मौद्रिक नीति आउने भएको छ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति आर्थिक अनुसन्धान विभागले तयार गरेर उच्च व्यवस्थापनको बैठकले समेत पारित गरेर सञ्चालक समितिमा पेस गरिसकेको छ। ‘आज बिहान सञ्चालक समितिका बैठक बस्ने र बैठकमा मौद्रिक नीतिमाथि छलफल हुने भनिएको थियो’, स्रोतले भन्यो, ‘बैठक त बसिरहेको छ तर गभर्नर अधिकारीले मौद्रिक नीतिको अजेन्डा नै लगेनन्।’

Esewa
Crest

अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच मौद्रिक नीति यो साताभित्रै ल्याउने लगभग सहमति भएको थियो। अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीबीचको ट्युनिङ पनि राम्रै छ। तर, अचानक मौद्रिक नीति ल्याउने कुरा पछि सार्नु रहस्यमय बनेको स्रोत बताउँछ।

प्रधानमन्त्री केपी शर्माले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा बिहीबार डा युवराज खतिवडालाई नियुक्त गरेका छन्। खतिवडा यसअघि गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री भइसकेका व्यक्ति हुन्। ‘खतिवडाले नेपालको अर्थतन्त्र राम्ररी बुझेका छन्’, स्रोतले भन्यो, ‘पौडेल अर्थतन्त्र बुझेका मान्छे होइनन्, उनले आफ्ना सल्लाहकारमार्फत अर्थ मन्त्रालय चलाउने हो।’

प्रधानमन्त्री प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै खतिवडाले पौडेललाई हतारमा मौद्रिक नीति नल्याउन सुझाव दिएको हुन सक्ने स्रोत बताउँछन्। ‘त्यही कारणले गभर्नरले पनि आज मौद्रिक नीति अजेन्डा बोर्ड बैठकमा पेस नगरेको हुन सक्छ’, स्रोतले भन्यो।

अर्थमन्त्री पौडेलसँग राम्रै तालमेल देखाउने गभर्नर अधिकारीले यसपालि लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका थिए। ‘तर, अब खतिवडाले छाँया अर्थमन्त्रीको भूमिका निभाउने देखिएको छ’, स्रोतले भन्यो, ‘सोही कारणले अब खतिवडाकै परामर्शमा मौद्रिक नीति आउने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

80%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS