IME Life New

मौद्रिक समीक्षा आजै ल्याउने तयारीमा राष्ट्र बैंक, साँझ ५ बजेपछि बोर्ड बैठक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउने सम्भावना प्रबल बनेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा आज साँझ ल्याउने तयारी गरिरहेको हो। ‘आज साँझ ५ बजेपछि सञ्चालक समिति (बोर्ड)को बैठक बस्दैछ’, राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले भने, ‘बैठकको मुख्य अजेन्डा नै मौद्रिक समीक्षा रहेको छ।’

Esewa
Crest

बैठकले मौद्रिक समीक्षा पारित गरेसँगै सार्वजनिक हुने आचार्यले जानकारी दिए। ‘आज मौद्रिक समीक्षा आउने सम्भावना ९९ प्रतिशत छ’, उनले भने, ‘अन्तिम समयमा केही भइहालेमा बिहीबार पक्कै आउँछ।’

मौद्रिक समीक्षा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेर व्यवस्थापन समितिलाई बुझाएको थियो। व्यवस्थापन समितिमा पनि समीक्षामाथि छलफल भइसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको यो अन्तिम मौद्रिक समीक्षा हुनेछ। उनको कार्यकाल चैत २५ गतेबाट सकिँदैछ।

आफ्नो कार्यकालको अन्तिम मौद्रिक समीक्षा भएकै कारण गभर्नर अधिकारीले सकारात्मक नीतिगत व्यवस्था गर्नेमा सबै आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS