IME Life New

मौद्रिक समीक्षाबारे के छ शेयर लगानीकर्ताको प्रतिक्रिया ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामार्फत मौद्रिक नीतिमा कुनै पनि फेरबदल गरिएको छ।

मौद्रिक समीक्षामार्फत शेयर बजार र बैंकिङ क्षेत्रका लागि केही लचिलो नीति आउने लगानीकर्ताले आशा गरेका थिए। तर, शेयर लगानीकर्ताले आशा गरेअनुरुप मौद्रिक समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था आएन।

Esewa
Crest

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले शेयर लगानीकर्ताले सोचेजस्तो मौद्रिक समीक्षा नआए पनि शेयर बजारमा कुनै फरक नपर्ने बताए। ‘समीक्षामार्फत शेयर बजारलाई राहात मिल्ने नीतिगत व्यवस्था हुने आशा थियो तर त्यस्तो भएन’, उनले भने, ‘यद्यपि, शेयर बजारले सबै कुरा पचाइसकेको छ। आफ्नै लयमा चल्ने हाम्रो विश्वास छ।’

मौद्रिक समीक्षामा केही नआए पनि अब आउने राष्ट्र बैंकको सर्कुलरले शेयर बजारलाई सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको ढकालले बताए।

अर्का लगानीकर्ता एवं नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पनि मौद्रिक समीक्षा शेयर बजारलाई प्रतिकूल असर पार्ने गरी नआएकोले डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘समीक्षा राम्रो पनि आएन, नराम्रो पनि आएन’, उनले भने, ‘त्यसैले शेयर बजारमा खासै फरक पार्दैन।’

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयर बजारलाई सकारात्मक नीतिगत व्यवस्था हुने आफूले सुनेको रौनियारले बताए। ‘अहिलेका गभर्नर कार्यालय सकिँदैछ, उनले अर्धवार्षिक समीक्षामार्फत शेयर बजारलाई हित हुने नीति ल्याउने सुनेको छु’, उनले भने।

लगानीकर्ता रोहन कार्की मौद्रिक समीक्षाले शेयर बजारमा ठूलो प्रभाव नपार्ने बताउँछन्। ‘हामीले मौद्रिक समीक्षामा ठूलो फेरबदल हुन्छ भन्ने अपेक्षा गरेका थिएनौँ, त्यसैले त्यस्तो ठूलो प्रभाव शेयर बजारमा पर्दैन’, उनले भने, ‘बजारमा १–२ दिन करेक्सन आउला तर फेरि आफ्नै लयमा चल्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS