IME Life New

मौद्रिक नीति शेयर बजारमैत्रीः लगानीकर्ता, के अब बजार बुम हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले शेयर धितो कर्जामा संस्थागततर्फ लगाइएको २० करोड रुपैयाँसम्मको सीमा हटाएको छ। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ। हाल व्यक्तिगततर्फ तोकिएको १५ करोड रुपैयाँ सीमालाई कायममै राख्दै ५० लाख रुपैयाँ माथिको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत नै कायम गरिएको छ।

Esewa
Crest

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीति पुँजीबजारमैत्री आएको बताउँछन्। ‘हाम्रा केही सुझाव त समेटिएन तर संस्थागत लगानीकर्तातर्फको शेयर लोन क्याप हट्नु पनि सकारात्मक नै मान्नुपर्छ’, उनले भने, ‘किनकि संस्थागत लगानीकर्ता प्रवेश गर्दा बजार चलायमान हुन्छ तर साना लगानीकर्ताहरुले फाइदा उठाउन सक्छन्।’

मौद्रिक नीतिमा कर्जाको जोखिम भारको कुरा नआउनु र व्यक्तिगततर्फको शेयर लोनको क्याप नहट्नुबारे अहिले केही भनिहाल्ने अवस्था नरहेको ढकाल बताउँछन्। ‘अब राष्ट्र बैंकले जारी गर्ने सर्कुलरमार्फत ती दुवै कुरा सम्बोधन हुनेमा हामी आशावादी छौँ’, उनले भने।

बजार जानकार प्रेम ओलीले शेयर बजारका लागि मौद्रिक नीति सकारात्मक आएको बताउँछन्। ‘संस्थागततर्फको क्याप हट्नु राम्रो कुरा हो’, उनले भने, ‘शेयर लोनमा क्याप लगाएकै कारण संस्थागत लगानीकर्ता बजार पस्न मानिरहेका थिएनन्। अब बजार पस्छन् र बजारले माथिको यात्रा तय गर्छ।’

संस्थागत लगानीकर्ता प्रवेश नगरेकै कारण लामो समयदेखि बजार साइडवेजमा चलेको ओलीको तर्क छ। अब भने बजार आफ्नो लयमा चल्ने उनको विश्वास छ।

शेयर लगानीकर्ता भक्ति पाठक पनि बजार चलायमान बनाउने हिसाबले मौद्रिक नीति आएको बताउँछन्। ‘उद्योगी–व्यवसायीलाई पनि मौद्रिक नीतिले राहात दिएको छ’, उनले भने, ‘निर्माण व्यवसायीका लागि मौद्रिक नीति लचिलो आएको छ।’

मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी नै आएको उनको तर्क छ। ‘त्यसैले अब बजार बुम हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS