IME Life New

मौद्रिक नीतिको समीक्षा नगर्दा पनि हुन्छः गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा नगर्दा पनि हुने बताएका छन्।

सेजनको वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। मौद्रिक नीतिको समीक्षा ल्याउन राष्ट्र बैंकले ढिलाइ गरिरहेको सुनिरहेको छु’, उनले भने, ‘समीक्षा ढिलो आउँदैमा आकाश खस्दैन। मौद्रिक नीतिको समीक्षा नगर्दा पनि हुन्छ। तर पनि मौद्रिक नीतिको समीक्षा छिट्टै ल्याउन राष्ट्र बैंक लागिपरेको छ।’

Esewa
Crest

मौद्रिक नीतिको आफ्नै सीमितता रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न सक्दैन।’

बैंकिङ क्षेत्रलाई मजबुत र सुरक्षित बनाउनकै लागि कसिलो नीति ल्याइएको स्पष्ट पारेका छन्। ‘अहिले नेपालको बैंकिङ क्षेत्र सुरक्षित छ’, उनले भने, ‘खराब कर्जा बढेका कारण केही दबाब देखिए पनि समग्र बैंकिङ क्षेत्र सुरक्षित छ।’

राष्ट्र बैंकले व्यावसायिक वातावरण राम्रो बनाउन, लगानीमैत्री वातावरण बनाउन, आर्थिक स्थिरता ल्याउने र बैंकिङ क्षेत्रमा स्थायित्व ल्याउन लागिपरेको गभर्नर अधिकारीले बताए। आफ्नो क्षमता आँकलन नगरी ऋण लिन र पछि समस्या पर्यो भन्ने परिपाटी रहेको पनि गभर्नर अधिकारीले बताए। ‘ऋण लिँदा व्यवसायीहरुले आफ्नो क्षमता हेर्नुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS